Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चीनमा भेटियो अर्को महामारी ल्याउन सक्ने फ्लु

    चीनमा भेटियो अर्को महामारी ल्याउन सक्ने फ्लु

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 3.8K
    SHARES

    चीनमा अर्को महामारी ल्याउन सक्ने सम्भावना बोकेको फ्लुको नयाँ स्ट्रेन वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यो फ्लु हालै मात्र देखिएको हो र सुँगुरमा भेटिएको हो । यसले मानिसलाई संक्रमित गर्न सक्ने वैज्ञानिकहरूको भनाइ छ ।

    फ्लुको स्ट्रेनले थप रूप परिवर्तन गरेर मानिसमा सर्दै गई महाव्याधि बन्न सक्ने भनी अनुसन्धाताहरूले चिन्ता व्यक्त गरेका छन् ।



    तत्कालका लागि यो समस्या नभए पनि यसले मानवलाई संक्रमण गर्न सक्ने गरी अनुकूलन हुने सबै लक्षण देखाएको र यसलाई निकै कडा निगरानी गर्नुपर्ने उनीहरूको भनाइ छ ।



    यो बिल्कुलै नयाँ स्ट्रेन भएकाले मानिसमा यसप्रति इम्युनिटी छैन । अनुसन्धाता वैज्ञानिकहरूले प्रोसीडिङ्स अफ द नेसनल एकेडमी अप सायन्सेजमा एक लेख लेखेर सुँगुरमा भाइरस नियन्त्रण गर्ने उपाय अपनाउने तथा सुँगुर व्यवसायीहरूमाथि कडा निगरानी राख्ने काम तत्कालै अवलम्बन गर्नुपर्ने सिफारिश गरेका छन् ।

    बीबीसीबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार