Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बलिउडका यी नायिकामाथि फोहोरी खेल खेलेको आरोप

    बलिउडका यी नायिकामाथि फोहोरी खेल खेलेको आरोप

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 6.2K
    SHARES

    काठमाडाैं । बलिउड नायिकाहरू आलिया भट्ट, करिना कपूर, अनन्या पाण्डेका साथै निर्माता करण जोहरको समूहले यो फोहोरी खेल खेल्ने गरेको आरोप फ्यानहरूले लगाएका छन् ।

    यही कारणले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा उनीहरूलाई अनफलो गर्ने क्रम चलेको मात्र छैन, प्रतिक्रियामा पनि धेरै गाली देख्न सकिन्छ ।



    अत्यधिक मात्र नराम्रा प्रतिक्रिया आउन थालेपछि यी कलाकारले इन्स्टाग्राममा कमेन्ट नै गर्न नमिल्ने बनाएका छन् । नायिका आलिया भट्टले नायक सुशान्त सिंह राजपुतको निधनपछि श्रद्धाञ्जलि व्यक्त गर्दै इन्स्टाग्राममा उनको फोटो पोस्ट गरेकी थिइन् । पोस्टमा अत्यधिक गाली आएपछि आलियाले सबै प्रतिक्रिया हटाएकी छिन् ।



    करिना, अनन्या, करणलगायतले पनि कमेन्ट गर्नै नमिल्ने बनाएका छन् । नायिका सोनाक्षी सिन्हाले त ट्विटरबाट बिदा लिने निर्णय नै गरिसकेकी छिन् । बिहारमा नायक सलमान खान, करण जोहर, एकता कपुरलगायतका कलाकारविरुद्ध निरन्तर आन्दोलन पनि भइरहेको छ ।

    जोहरको सबैभन्दा धेरै आलोचना
    निर्माता करण जोहरलाई सबैभन्दा धेरै आलोचना गरिएको छ । बलिउडमा परिवारवाद अगाडि बढाउनमा करणको भूमिका सबैभन्दा बढी रहेको आलोचकहरूले बताइरहेका छन् ।
    अत्याधिक आलोचना भएपछि करण अहिले आफूलाई सामान्य रुपमा राखिरहेका छन् । उनले, ट्विटरबाट धेरै बलिउडकर्मीलाई अनफलो गरिसकेका छन् भने इन्स्टाग्रामबाट पनि कमेन्ट हटाएका छन् ।
    करणले मुम्बई एकेडेमी अफ मुभिङ इमेज अर्थात मामीबाट राजीनाम दिएका छन् । उनी यो फिल्म फेस्टिभलको बोर्ड सदस्य समेत हुन् । विभिन्न आरोपबाट दिक्क हुँदै करणले मामीको निर्देशक स्मृती किरणलाई राजीनामा पठाएका हुन् ।
    करणसँग स्मृति र नायिका दीपिका पादुकोणले राजीनामा नदिन आग्रह गरेका थिए । यो बोर्डमा विक्रमादित्य मोटवाने, सिद्धार्थ रोय कपूर, दीपिका पादुकोण, जोया अख्तर र करण जोहर छन् ।
    करण बलिउडका कलाकारसँग पनि रिसाएको भारतीय मिडियाले जनाएका छन् । आफूमाथि निरन्तर हमला हुँदा पनि कसैले सहयोग नगरेको भन्दै करण आक्रोशित बनेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार