Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नियमित स्वास्थ्य परीक्षण गराएर फर्के प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आवश्यक स्वास्थ्य परीक्षण गरेर फर्किएका छन् ।

नियमित स्वास्थ्य परीक्षणको लागि सहिद गंगालाल हृदय रोग केन्द्र गएका प्रधानमन्त्री ओली नियमित परीक्षण पछि घर फर्किएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओली नियमित मुटु परीक्षणका लागि अस्पताल पुगेका थिए।

प्रधानमन्त्री ओलीको अस्पतालमा मुटुलगायतको परीक्षण गरिएको छ । उनको स्वास्थ्य जाँच नियमित नै भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनी आज विहान विभिन्न राजनीतिक भेटघाट र दिउसो स्थायी कमिटी बैठकमा सहभागी बनेका थिए ।

प्रधानमन्त्री ओलीको केही महिना पहिला दोस्रो पटक सफलतापूर्वक किड्नी प्रत्यारोपण गरिएको थियो । उनलाई अनावश्यक दौडधुप नगर्न र अनावश्यक चिन्ता नलिन चिकित्सकले सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077