Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सुत्केरी र गर्भवतीको पिसिआर परीक्षणमा प्राथमिकता दिन सरकारको निर्देशन

    सुत्केरी र गर्भवतीको पिसिआर परीक्षणमा प्राथमिकता दिन सरकारको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, २३ असार २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले गर्भवती र सुत्केरी महिलाको कोरोना भाइरस परीक्षणमा प्राथमिकता दिन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभरका अस्पताल तथा प्रयोगशालालाई गर्भवती र सुत्केरी महिलाको पिसिआर परिक्षणमा प्राथमिकता दिन निर्देशन दिएको हो ।



    पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढदै गएको र यसबाट गर्भवती तथा सुत्केरीसमेत प्रभावित भइरहेको जानकारी आएको भन्दै परीक्षणमा प्राथमिकता दिने आग्रह गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    यसअघि मंगलबारको सचिवस्तरीय निर्णयले गर्भवती तथा सुत्केरीको स्वाब संकलन र परीक्षण गर्नुपर्ने भएमा प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

    मन्त्रालयका सहसचिव शैलजा रेग्मी भट्टराईले सबै अस्पताल र सबै प्रयोगशालाका नाममा पत्र पठाउँदै यस्तो आग्रह गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार