Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अनुशासन उल्लङ्घन गर्ने कांग्रेस महासमिति सदस्य मल्ल निष्काशित

काठमाडौं । नेपाली कांग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लङ्घन गरेकोमा निष्काशन गरेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले पार्टीको विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिई विधानबमोजिम अनुशासन उल्लङ्घन गरेकाले उनलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

उनी बाँके जिल्लाका पूर्व संगठन प्रमुख समेत रहेका थिए । गएको आम निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको विषयमा मल्लसँग स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएपछि उनीमाथि कारबाही गरिएको बुझिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077