Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चोरीको आरोपमा ससुराले कुट्दा श्रीमानले बनाए भिडियो

    चोरीको आरोपमा ससुराले कुट्दा श्रीमानले बनाए भिडियो

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 3.2K
    SHARES

    डोटी । भारतको पुनामा बस्दै आएकी एक नेपाली बालिकालाई श्रीमान र ससुराले कुटपिट गरेको भिडियो हिजोआज सामाजिक सञ्जालमा भाइरल भएको छ । अछामको मंगलसैन नगरपालिका–७ घर भई ती बालिका श्रीमान र ससुरासँगै पुना बस्दै आएकी छन्।

    प्राप्त विवरणअनुसार मंगलसेन नगरपालिका–३ लाछिमना घर भएका कालु भुलको परिवार पुनामै बस्दै आएको छ । काम गर्ने घरमा मालिक्नीको लिपिष्टिक र घडी चोरेको आरोपमा उनीमाथि कुटपिट भएको हो । मालिक्नीलाई देखाउन कुटपिटको भिडियो खिचिएको ससुरा कालु बताउँछन् ।



    उनका १६ बर्षे छोरा दिनेश भुल र पीडित किशोरीबीच प्रेम सम्बन्धपछि एक बर्ष अघि बिहे भएको थियो । बिहेपछि दुबै भारत गए । तर अनेक बहानामा किशोरीलाई यातना दिन थालिएको उनका आफन्तहरु बताउँछन् ।



    अहिले भाइरल भएको भिडियो भने चोरीको आरोपमा भएको कुटपिटको भएको पाइएको छ । कालु भुलले बुहारीलाई कुटपिट गरेको भिडियो पीडितका श्रीमानले बनाएका थिए । कुटपिटका क्रममा बालिकाले गुहार मागेपछि उनले मुखमा कपडा कोचेर कुट्न आग्रह गरेको सुनिन्छ ।

    मरणासन्न हुने गरी कुटपिट गरेपछि बालिकालाई माइती पक्षको जिम्मा लगाइएको छ । उनी भारतमै रहेका काकासँग बस्दै आएकी छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय, अछामले पनि चासो देखाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार