Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • भारतकाे काश्मीरमा गोलीबारीमा परी एक गोर्खा सैनिकको मृत्यु

    भारतकाे काश्मीरमा गोलीबारीमा परी एक गोर्खा सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 3.2K
    SHARES

    नयाँदिल्ली । भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकले ज्यान गएकाे छ।

    युद्धविरामलाई उल्लंघन गर्दै शुक्रबार बिहान करिब एक बजेतिर पाकिस्तानतर्फबाट भएको गोलाबारीमा परेर जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका हवलदार सम्बर गुरुङको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।



    गोलाबारीमा घाइते गुरुङको उपचारका क्रममा क्रममा मृत्यु भएको हो । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार सबेरै भएको गोलीबारीमा गुरुङको मृत्यु भएको हो ।

    भारतीय सेनाका जम्मू कमाण्डका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्दरका अनुसार ३६ वर्षीय गुरुङ नेपालको गोरखा जिल्लाको आरुघाट गाउँपालिकाको मान्बु निवासी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार