Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भारतले 'नक्कली अयोध्या’ खडा गरेको ओलीको दाबीपछि भारतीय मिडियाहरुमा हलचल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  भारतले 'नक्कली अयोध्या’ खडा गरेर नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरिरहेको दाबी गरेपछि  भारतीय मिडियाहरुमा हलचल मच्चिएको छ।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरिरहेको दाबी गरेका थिए ।

नेपाललाई के बिषयमा होच्याउन सकिन्छ भनेर पर्खेर  बसेका भारतीय  मिडियाहरुलाई भने ओलीको भनाइपछि नयाँ मसला प्राप्त भएको छ। अधिकांश भारतीय मिडियाहरुले प्रधानमन्त्री ओलीको तर्क बेतुकको भन्दै प्राथमिकताका साथ समाचार प्रसारण गरेका छन्।

यसअघि जि न्युजले प्रधानमन्त्री ओलीलाई चिनियां राजदुतसँग जोडेर चरित्रहत्या गरेपछि जि न्युजसहित केही भारतीय संचारमाध्यमलाई नेपालमा बन्द गरिएको थियो।

बिबिसी हिन्दीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको बयानले विवाद खडा गरेको वताएको छ । नेपालमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले प्रधानमन्त्री केपी ओलीको भनाइलाई कडा आपत्ति जनाएको भन्दै बिबिसी हिन्दीले अनलाइन संस्करणमा उल्लेख गरेको छ।

त्यस्तै आजतकले पनि नेपालका प्रधानमन्त्री ओलीको बेतुकको बयान, भारतले नक्कली अयोध्या बनायो भनेर समाचार प्रसारण गरेको छ।

[insert page='22606' display='yopanipadhnuhos.php']

भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिम (ठोरी) मा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको प्रधानमन्त्री ओलीको भनाई थियो । उनले भनेका थिए – ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ ।'

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सहि भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न गरेका थिए । त्यो समयमा कुनै सञ्चार सुविधा विना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको आशय थियो ।

उनले भने, ‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको विहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस् । थाहा हुन सम्भव थिएन् । नजिकै पर्थो सजिलैसँग गए होलान् तर त्यो इतिहास बहस गरी साध्य छैन् फेरि एक हमला माथि अर्को…’ उनले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077