Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मुद्रा अपचलन र ठगीमा मुछिएका संघाई एफएनसीसीआईमा उपाध्यक्षका उम्मेदवार

    मुद्रा अपचलन र ठगीमा मुछिएका संघाई एफएनसीसीआईमा उपाध्यक्षका उम्मेदवार

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आगामी साउनमा हुने भनिएको निर्वाचनमा एशोसियट उपाध्यक्षमा विवादास्पद व्यापारी रामचन्द्र संघाईले उम्मेदवारी दिएका छन् ।

    वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका चन्द्र ढकालको समूहबाट संघाईले आज उम्मेदवारी घोषणा गरेका हुन् । विवादास्पद व्यापारी संघाई चन्द ढकालको समूहमा अटाएपछि उक्त समूह नै विवादित बन्न पुगेकाे छ ।



    केही समय अघि महानगरीय प्रहरी बृत्त दरबारमार्गले जुवा खेल्दाखेल्दै पक्राउ गरेर मुद्दा चलाएका एनआईसी एशिया बैंकका सञ्चालक तथा सिद्धार्थ ग्यास उद्योग प्रालिका सञ्चालक समितिका अध्यक्ष रहेका संघाई मुद्रा अपचलन र ठगीमा मुछिएका व्यक्ति हुन् ।



    संघाईमाथि प्रहरी र राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको  छ । सिद्धार्थ ग्यास कम्पनीलाई एकलौटी सञ्चालन गरेर आफ्नो करोडौ रकम डुबाएको भन्दै पीडित सञ्चालक रमेशकुमार अग्रवालले संघाईविरुद्ध राजश्व अपचलन र ठगीमा राज्यका विभिन्न निकायहरुमा उजुरी दिएका छन् ।

    आफ्नो करोडौंको सेयरको रकम पनि ठगी गरेर संघाईले एकलौटी कम्पनी सञ्चालन गरेका कारण अग्रवाल विगत ८ वर्षदेखि न्यायको भिख माग्दै हिंडिरहेका छन् । विभाग र प्रहरीले संघाईमाथिको अनुसन्धान अन्तिम चरणमा पुर्याएको स्रोतले बतायो ।

    सिद्धार्थ ग्यास उद्योग प्रालिमा संघाईसहित त्रिवेणी ग्रुपका पुरुषोत्तमलाल संघाई, सुवासचन्द संघाई र विरेन्द्रलाल संघाईको लगानी रहेको छ । संघाईले ८ बर्षदेखी नै सिद्धार्थ ग्यास उद्योग प्रालिको नामबाट बर्षौंदेखि राजश्व चुहावट तथा विदेशी मुद्रा अपचलन गर्दै आइरहेको पाइएको छ ।

    संघाईले ५० प्रतिशत लगानीकर्तालाई बाइपास गरेर सिद्धार्थ ग्यास उद्योग कब्जा गरि बुलेट ढुवानीमा बढि भाडा तिरेर वर्षौंदेखि करोडौं राजश्व चुहावट गर्दै आइरहेको अग्रवालले दिएका उजुरीमा उल्लेख गरिएका छन् ।

    स्रोतका अनुसार संघाईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभाग, आन्तरिक राजश्व विभागलगायतका निकायलाई प्रभावमा पारेर एकातिर अग्रवाललाई कम्पनीको आर्थिक विवरण देखि व्यवस्थापनको कुनै जानकारी दिएका छैनन् भने अर्कोतिर ठूलो मात्रामा राजश्व छली गर्दै आएका छन् ।

    त्रिवेणी समूह अन्तर्गतको संघाई ग्रुपले चलाएको उक्त ग्यास उद्योगमाथि ग्यास ढुवानीमा अनियमितता गरेको, कम्पनीको हिसाबमा नयाँ सिलिण्डर खरिदमा खर्च देखाएको तर मापदण्ड नाघिसकेको र ग्यास फिलीङ्ग गर्न नमिल्ने पुराना सिलिण्डरलाई टालटुल गरी रंगरोगन लगाई ग्यास भर्ने गरेकोे, हाईड्रोलिक यन्त्र विना नै उद्योग चलाई रहेको, यासको सिलीण्डरमा रहेको लेदो फोहर नहटाई पुनः रिफीलीङ्ग गर्ने गरी ग्यासको तौलमा ठगी गरेको आरोप लागेको छ ।

    त्यसैगरी ग्यास सिलीण्डरको तौलमा एक रुपता कायम नगरेको लगायतका उपभोक्ताको हित प्रतिकुलका बिभिन्न अनियमितता कार्यहरु गर्दै आइरको छ ।

    सिद्धार्थ ग्यासले नेपाल आयल निगमबाट पिओडी सुविधा लिई भारतको बैरोनी र हल्दीमा भन्ने ठाउँबाट भारतीय बुलेट ट्याङ्करका मालिकसँग सम्झौता गरी प्रति टनको दररेट कायम गरी ग्यास झिकाउने काम गर्दै आइरहेको छ । यसै क्रममा भारतको शक्ति रोडवेज ट्रान्सपोर्ट दिल्लीसँग सन् २०१२–१०–०३ मा बैरोनीबाट प्रतिटन भारु दुई हजार अठ सय र हल्दियाबाट प्रतिटन भारु पाँच हजार सात सय १५ मा सिद्धार्थ ग्यास उद्योसम्म पुर्याउने सम्झौता भएको थियो ।

    संघाईले उक्त सम्झौता विपरित भारु २ हजार ८ सयको ठाउँमा भारु तीन हजार ६ सय प्रति टन दर ड्राफ्ट बनाई र सोही अनुरुप भारतको हल्दियाबाट भाडा कायम भएको भारु ५ हजार ७ सय १५ को सट्टामा ६ हजार छ सय ८० को प्रति टनको हिसावले ड्राफ्ट बनाई शक्ति रोडवेजलाई पठाउने र करार भन्दा बढि भएको रकम शक्ति रोडवेजसँग भारतमा लिने गरेर मुद्रा अपचलन गरेको प्रमाण समेत भेटिएको छ ।

    सोही विषयमा छानविन गरी कारबाही गर्न सिद्धार्थ ग्यासकै सञ्चालक रमेश अग्रवाल स्वयमले माग गरेका थिए । यसरी संघाईले विदेशी मुद्रा अपचलन गरी राजश्व छली गर्दै आइरहेको छन् ।

    सिद्धार्थ ग्यास उद्योगले पिओडी करारको ग्यास आयात गर्न नौ सय टनको सुविधा पाएको र प्रतिटन करिव एक हजार भारुको राजश्व छली र भारतीय रुपैयाँको अपचलन भएकोमा एक वर्षमा एक करोड आठ लाख छली र अपचल भएको देखिन्छ ।

    हालसम्म ८ बर्षमा करिव १५ करोड भन्दा बढि राजश्व छली र अपचलन भएको प्रमाणित भइसक्दा पनि रामचन्द्र संघाईलाई राजश्वले कुनै पनि कारबाही गर्न नसकेको सञ्चालक अग्रवाल नै दाबी गर्छन।

    जुन हिसाबकिताब आफुसँग सुरक्षित रहेको उनी उल्लेख गर्छन्। यस बारेमा संघाईसँग पटक–पटक प्रतिक्रिया लिने प्रयास गर्दा उनी आफू निर्वाचनमा व्यस्त रहेको भन्दै बोल्न चाहेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार