Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • विहारमा फेरि लकडाउन हुने

    विहारमा फेरि लकडाउन हुने

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 2.9K
    SHARES

    एजेन्सी । कोरोनाभाइरस संक्रमितको संख्या झण्डै २० हजार पुगेपछि भारतकाे विहारले फेरि १६ दिन लकडाउन गर्ने घोषणा गरेको छ।

    मंगलबार बसेको संकट व्यवस्थापनको बैठकले कोरोनाभाइरसको जोखिमलाई नियन्त्रणमा लिन र न्यूनीकरण गर्न जुलाई १६ देखि ३१ तारिखसम्म लकडाउन गर्ने निर्णय गर्नुका साथै प्रदेश सरकारले लकडाउनको निर्देशिका समेत तयार गरिरहेको उप–मुख्यमन्त्री सुशील कुमार मोदीले बताए ।



    अतिआवश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द रहने समाचार संस्था प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ । विहारमा मंगलबारसम्म १७ हजार ९ सय ५९ संक्रमित देखिएका छन्।



    पछिल्लो २४ घण्टामामात्रै एक हजार ४ सय ३२ जनामा संक्रमित भेटिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार