Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अनोज रिमाल बने यति एयरलाइन्सको सिइओ

    अनोज रिमाल बने यति एयरलाइन्सको सिइओ

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अनोज रिमाल नियुक्त भएका छन्।

    यति र तारा एयर सञ्चालन गरिरहेको यति ग्रुप अफ कम्पनिजले रिमामललाई एयरलाइन्सको प्रमुख कार्यकारीमा नियुक्त गरेको हो।



    कम्पनीले रिमाललाई आजदेखि नै लागू हुने गरी चार वर्षका लागि सिइओमा नियुक्त गरेको जनाएको छ ।



    उड्डयन क्षेत्रको २६ वर्षको अनुभव भएका रिमाल दुई दशकदेखि यति ग्रुपमै कार्यरत छन्।

    एयरलाइन्सको सिइओमा यसअघि उमेश राई कार्यरत थिए। उनी ग्रुपमा गएका छन्। सन् १९९८ मा स्थापना भएको यति एयरलाइन्सले नेपालका सुगम क्षेत्रका गन्तव्यमा उडान गर्दै आएको छ।

    ७२ सिट क्षमताका एटिआर ७२ जहाज ५ र जेटस्ट्रिम ५ भएको यतिले काठमाडौंबाट नेपालगञ्ज,धनगढी,भैरहवा,पोखरा, विराटनगर, भद्रपुर, तुम्लिङटार, जनकपुरजस्ता गन्तव्यमा उडान गर्दै आएको छ।

    तारा एयरले भने दुर्गमका गन्तव्यहरु काठमाडौंबाट लुक्ला, पोखराबाट जोमसोम, नेपागञ्जबाट डोल्पा, जुम्ला, बाजुरा, हुम्ला जस्ता क्षेत्रमा उडान गर्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार