Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बाँकेकाे बैजनाथमा सलह देखियाे

    बाँकेकाे बैजनाथमा सलह देखियाे

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 2.6K
    SHARES

    बाँके । बाँकेमा सलहको प्रकोप देखिएको छ । पाकिस्तानवाट भारत हुँदै नरैनापुर गाउँपालिका प्रवेश गरेको सलह अहिले यहाँ फैलिँदै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार सलहको झुण्ड अहिले जिल्लाको बैजनाथ गाउँपालिका पुगेको छ ।

    बुधबार र आज नरैनापुर र डुडुवा गाउँपालिकामा अधिक मात्रामा किसानले लगाएको खेतको मकै र केही मात्रामा धानमा क्षति पु-याएपछि सलहको झुण्ड बैजनाथ गाउँपालिका पुगेको छ ।



    भारतको श्रावस्ती जिल्लाबाट प्रवेश गरेका करीब पाँच लाख सलहले बुधबार नरैनापुर र डुडुवामा झण्डै २० प्रतिशत क्षति पु-याएको बताइएको छ ।



    गाउँपालिका कृषि शाखा प्रमुख सुशील शर्माले डुडुवाबासीले परम्परागत रुपमा थाल, टिन र जर्किन ठटाएर तथा पटाका पड्काएर कीरा भगाएको बताए । सलह भगाउन कृषि ज्ञान केन्द्रले विषादीसहित प्राविधिक सहयोग पनि गरेको जनाइएको छ ।

    आज बैजनाथ गाउँपालिका पुगेको सलहले जिल्लामा रहुञ्जेल सरदर ३० प्रतिशत किसानको बालीनाली नष्ट गर्ने आंकलन गरिएको केन्द्रका प्रमुख ढकालले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार