Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ५० अर्बको कोषबाट कोरोना अतिप्रभावित क्षेत्रलाई सहुलियत दिईने

    ५० अर्बको कोषबाट कोरोना अतिप्रभावित क्षेत्रलाई सहुलियत दिईने

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले कोरोनाबाट अति प्रभावित पेशा व्यवसाय सञ्चालनका लागि ५० अर्बको कोष कार्यान्वयनमा ल्याउने भएको छ ।

    चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमा व्यवस्था भएअनुसार निश्चित मापदण्ड बनाएर ५० अर्बको कोष परिचालन गरिने मौद्रिक नीति मार्फत राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।



    उनका अनुसार यो कोषको रकम पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलगायत व्यवसायको संचालन र निरन्तरतामा उपयोग गरिने भएको छ ।



    ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अति प्रभावित क्षेत्रका रोजगारी गुम्नेलाई उद्यमशिलताको अवसर दिन यो रकम उपयोग हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार