Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • केही दिनभित्रै सार्वजनिक यातायात चल्ने

    केही दिनभित्रै सार्वजनिक यातायात चल्ने

    अनलाइन नेपाल
  • शनिबार, ३ साउन २०७७
  • 5.4K
    SHARES

    काठमाडौं । यातायात व्यवसायीले केही दिनभित्रै सार्वजनिक सवारी चलाउने जनाएका छन् । मौद्रिक नीतिले यातायात व्यवसायीको धेरैजसो माग सम्बाधेन गरेको भन्दै अब सार्वजनिक सवारी साधन चलाउन तयारी थालेका हुन् ।

    उनीहरुले बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग राखेका थिए । मौद्रिक नीतिले माग सम्बोधन गरेपछि अब सार्वजनिक यातायात खुलाउन व्यवसायीहरु तयारीमा जुटेका हुन् ।



    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले २–३ दिनभित्रै सार्वजनिक सवारीहरु चलाउनेबारे निर्णय हुने बताए ।



    अब सरकारले सवारी सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्डबारे थप स्पष्ट गर्नासाथ सबै कम्पनीहरूले सवारी चलाउने महासचिव सिटौला बताउँछन् ।

    महासचिव सिटौलाले भविष्यमा कोरोना समुदायमा फैलिएर सार्वजनिक यातायातलाई अपजस नआउने गरी स्वास्थ्य मापदण्ड बन्नुपर्ने र सबैको जिम्मेवारी स्पष्ट गरेर जानुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार