Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अपहरण र फिरौतीपछि ‘कंश’ मामाले गरे भाञ्जाको हत्या, यसरी परे महाशाखाको जालमा

    अपहरण र फिरौतीपछि ‘कंश’ मामाले गरे भाञ्जाको हत्या, यसरी परे महाशाखाको जालमा

    कुमार भण्डारी
  • आइतबार, ४ साउन २०७७
  • 5.5K
    SHARES

    काठमाडौं । मामा राजेशकुमार गुप्ता, जो यतिबेला कंश भन्दा पनि कलियुगका क्रुर मामाको रुपमा  चिनिएका छन् ।

    वि.सं. २०६४ साल असोज २४ गते आफ्नै भान्जाको अपहरण पश्चात भिनाजु (काठमाडौं–२२ खिचापोखरी बस्ने बासुदेव गुप्ता) सँग फिरौति लिएर हत्या गरी फरार भएका मामा राजेश पक्राउ परेसँगै १३ वर्षपछि यो कुराको पुष्टि भएको हो ।



    हिन्दू पौराणिक कथा अनुसार यदुकुलका एक राजा थिए कंश । कंशको राजधानी मथुरा थियो । कंश भगवान कृष्णकी माता देवकीको भाई थिए । कंसलाई प्रारम्भिक स्रोतहरूमा मानव भनिए पनि पुराणहरूमा एक राक्षसको रूपमा वर्णन गरिएको छ ।



    कंसको जन्म राजा उग्रसेन तथा रानी पद्मावतीको घरमा भएको थियो । कंशले आफ्ना पितालाई अपदस्थ गरेर आफै मथुराको राजा बने ।

    त्यतिमात्र होइन एक दिन देवकीको आठौं पुत्रले उसलाई मार्नेछ भन्ने आकाशवाणी भएपछि उसले देवकी र देवकीका पति बासुदेवलाई जेलमा बन्दी बनायो र देवकीका ६ सन्तानलाई जन्मेकै समयमा मार्यो । सातौं गर्भका बलराम बचेका थिए ।

    उसको मुख्य उद्देश्य भनेको आठौं सन्तान मार्ने थियो । तर, भगवान विष्णुका अवतार कृष्णलाई गोपालका मुखिया नन्दले गोकुलमा लगेर पालेकाले उनी बाँच्न सफल भए र उनैले कंशलाई मारे र आमाबुबालाई काराकारबाट मुक्त गराएका थिए ।

    १३ वर्ष अघिका कलियुगका कंशको अहिले आएर पोल खुलेको छ । आफ्नै भाञ्जाको अपहरण पश्चात फिरौती लिएर हत्या गरी फरार भएका कंश भन्दा पनि निर्दयी मामालाई महानगरिय अपराध महाशाखाले पक्राउ गर्न सफल भएपछि यो रहस्य खुलेको हो ।

    राजेश यतिसम्म कपटी थिए कि, आफैले हत्या गरेका भाञ्जाको खोजीका लागि उनी दिदी भिनाजुसँगै प्रहरीमा समेत पुगे । तर, पछि उनीमाथि नै शंका उत्पन्न भएपछि उनी फरार भएका थिए ।

    राजेशले बौद्धस्थित राई स्कुलमा कक्षा-७ मा पढ्ने आफ्नै भान्जा रोहित गुप्तालाई अपहरण गरी भिनाजुसँग २ लाख ५० हजार रकम फिरौती लिएर गणेशस्थान नजिकैको सडकमा लगेर हत्या गरी फरार भएको महाशाखाले गरेको अनुसन्धानबाट खुलेको छ ।

    ४५ वर्षीय राजेशकुमार भारत मुजफ्फरपुरका नागरिक हुन् । हत्यालगत्तै फरार रहेका राजेशलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सर्लाही मलंगवा–८ बाट शनिबार पक्राउ गरेको हो।

    महाशाखा प्रमुख एसएसपी दिपक थापाका अनुसार भाञ्जालाई अपहरण गरेर भिनाजु बासुदेवलाई फोन गरी ‘तिम्रो छोरा अपहरणमा परेको छ, साढे दुई लाख फिरौती दिएमात्र छाड्छु भन्दै बालक अपहरणको मुख्य योजनाकार राजेशले रकम लिएका थिए ।

    तर, त्यतिबेला उनले ट्याक्सीमा आएका अपरिचित व्यक्तिले फिरौती रकम लिएको भनेर भिनाजुसँग वहाना बनाएको पनि प्रहरी अनुसन्धानमा खुलेको महाशाखा प्रमुख  थापाले बताए ।

    फिरौती रकम बुझाएर पनि छोरा फेला नपरेपछि खोजतलास गर्ने क्रममा पुस २७ गते काठमाडौं–३२ कमलादीस्थित गणेश मन्दिर नजिक सडक पेटीमा प्लास्टिकको बोरामा फालेको अवस्थामा वालकको शव भेटिएको थियो।

    गुप्ताले आफ्नै पसलमा काम गर्ने धादिङका विष्णु सुनारको सहयोगमा बालकको हत्या गरेको खुलेको छ। उनीहरुले जादूटुना सिकाउने वहानामा आफ्नो कोठामा लगेर बालकको हत्या गरेको प्रहरीले जनाएको छ। सुनार भने घटनाको दुई महिनापछि पक्राउ परेका थिए। उनी हाल कारागारमै छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार