Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आईसीसीद्वारा टी–२० विश्वकप स्थगित गर्ने निर्णय

    आईसीसीद्वारा टी–२० विश्वकप स्थगित गर्ने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । अन्तर्राट्रिय क्रिकेट परिषद् (आईसीसी)को सोमबार बसेको बोर्ड बैठकले आगामी अक्टोबर र नोभेम्बरमा हुने भनिएको टी–२० विश्वकप स्थगित गर्ने निर्णय गरेको छ । विश्वभर फैलिएको कोरोनाभाइरसको माहामारीका कारण विश्वकप स्थगित गरिएको आईसीसीले जनाएको छ।

    विश्वकपको फाईनल खेल आगामी वर्षको नोभेम्बर १४ मा हुने आईसीसीले जनाएको छ। आजको बैठकले आगामी तीन विश्वकपको मिति तय गरेको छ।



    आईसीसीले आगामी ३ वर्ष लगातार ३ विश्वकप हुने बताएको छ। जसमध्ये २ टी–२० र एक ५० ओभरको विश्वकप रहेका छन्। २०२२ र २३ को विश्वकप पनि अक्टोबर र नोभम्बरमा ह्ुने बताइएको छ। २०२२ टी–२० विश्वकपको फाइनल खेल १३ नोभेम्बर तथा २०२३ मा भारतमा हुने विश्वकपको फाइनल खेल २६ नोभेम्बरमा हुनेछ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार