Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कम्युनिस्ट आन्दोलन झनै एकतावद्ध र मजबुत भएको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री एव नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले सरकार समृद्धिका प्राप्तिका लागि प्रयासरत रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ ‍औं स्मृति दिवसको अबसरमा एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले सरकारले समृद्धिका लागि मेहेनत गरिरहेको समेत बताए।

'देशलाई समृद्ध बनाउने साधन पार्टी हो। पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य छ। त्यसैले हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि सारेका छौं। हामी यसअघि गर्न नसकेका र नगरिएका तमाम काम गर्दैछौं,' उनले भनेका छन्, 'पुष्पलालका नीति आजका सन्दर्भमा यिनै हुन्। पुँजी र प्रविधिलाई हाम्रा प्रयासहरूमा मिसाऔं, उत्पादन बढाऔं, निर्यात बढाऔं, आयात घटाऔं। यस बाटोबाट हामी समृद्धि हासिल गर्ने छौं।'

पुष्पलालको सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम गरेको भन्दै प्रधानमन्त्री ओलीले विभाजित कम्युनिस्ट आन्दोलन एकतावद्ध, राष्ट्रव्यापी र मजबुत भएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077