Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • दिनदहाडै सुनको सिक्रि लुट्ने समह पक्राउ

    दिनदहाडै सुनको सिक्रि लुट्ने समह पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । काठमाडौंको झोँछेमा दिनदहाडै सुनको सिक्री लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । बसन्तपुरकी २९ बर्षिया महिलाको सुनको सिक्री लुटपाटमा संलग्न अकेश नकर्मी र विक्की मगरलाई महानगरीय प्रहरी वृत जनसेवाबाट खटेको टोलीले पक्राउ गरेको हो ।

    उनीहरुले लुटेको सिक्री अकेशको श्रीमती नेहा शर्मा नकर्मीले डल्लुमा रहेको माँ हारतीशरण सुनचाँदी पसलमा बेचेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।



    महिलाले गलामा लगाएको ८ दशमलव ६४ ग्रामको सिक्री बेच्ने नेहा र सिक्री किन्ने सुन पसल सञ्चालक अशोक शाक्यसमेत गरि चारै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार