Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नसालु पदार्थ सुँघाएर सुन र पैसा लुट्ने पक्राउ

    नसालु पदार्थ सुँघाएर सुन र पैसा लुट्ने पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नसालु पदार्थ सुँघाएर सुन र पैसा लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लकडाउनअघि सुन र पैसा लुटेर फरार भएका सिन्धुपाल्चोक साँगाचोकगढीका २५ वर्षीय बीरेन्द्र बस्नेतलाई धुन्चेपाखाबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी ऋषिराम कँडेलले जानकारी दिए ।

    सूर्यविनायक भक्तपुर बस्ने ७५ वर्षीया महिलालाई नशालु पदार्थ सुँघाएर बस्नेतले साढे ३ तोला सुनका गहना र ४० हजार नगद लुटेका थिए । २५ वर्षीय बस्नेतले धुन्चेपाखामा कपडा पसल समेत सञ्चालन गर्दै आएका छन् । लुटपाटमा संलग्न अर्का एकजना फरार रहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार