Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सेलपेको एनेभर्सरी अफर

    सेलपेको एनेभर्सरी अफर

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनेभर्सरी अफर ल्याएको छ । सेलपेले एक विज्ञप्ति जारी गरी उक्त कुराको जानकारी गराएको हो ।

    विज्ञप्तिमा भनिएको छ–‘यस अफर अन्तर्गत ग्राहकहरुले साउन १६ गते सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत ९अधिक्तम रु. १००० सम्म० क्यास ब्याक पाउनेछन् ।’ सेलपेले अफरको लाभ लिन आफ्नो मोबाईलमा सेलपे एप डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्न आग्रह समेत गरेको छ ।



    यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्डभित्र रु. १ मा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउने पनि विज्ञप्तिमा उल्लेख छ । संस्थाको वार्षिकोत्सवको अवसरमा ग्राहकहरुमाझ खुशी बाँड्नको लागि यस अफरको सुरुवात गरिएको सेलपेले जनाएको छ ।



    सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरुमा बास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित तथा लोयाल्टी पोइन्ट्स पाईने रहेका छन् ।

    ‘सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम भुक्तानी, इएमआई भुक्तानी, कोविड(१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।’ विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार