Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रहरीमा घुस काण्ड : जवानलाई बलिको बोका बनाइयो

    प्रहरीमा घुस काण्ड : जवानलाई बलिको बोका बनाइयो

    अनलाइन नेपाल
  • शनिबार, १७ साउन २०७७
  • 4.7K
    SHARES

    चितवन । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी आचरणविपरीत काम गरेको अभियोगमा हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गर्‍यो ।

    सेवाग्राहीसँग घुस लिएको आरोपमा निलम्बन हुनेहरुमा प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैशी, प्रहरी जवान योगेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी जवान अजय महतो र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान लक्ष्मणकुमार महतो रहेको छन् ।



    प्रहरी  स्रोतका अनुसार  प्रहरी  जवान  मल्ल पक्राउ परेपछि बागमती प्रदेश प्रहरी कार्यालय रामनगरका एसपी प्रकाश रानाभाट समेत विवादमा आएका छन् ।



    मल्लसहितका प्रहरीहरु प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीको स्टिङ अपरेशनमा पक्राउ परेका थिए । यात्रुको भेषमा प्रदेशबाट खटिएको विशेष टोलीले सोमबार सवारी चालकसँग घुस लिँदै गरेको अवस्थामा मल्लसहितका चार प्रहरीलाई पक्राउ गरेको थियो ।

    निलम्बन गरिएका प्रहरीबारे छानविन गर्न डीएसपी विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

    अर्कोतिर पुराना मोटरसाइकल, साइलेन्सर पाइप लगायतका कबाडी सामान मुचुल्का नै नउठाई सुटुक्क बिक्री गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टलाई जोगाउनका लागि पनि एसपी रानाभाट लागेकाे आराेप छ ।

    भट्टले २०७६ चैतमा ट्राफिक कार्यालय स्थापनादेखिका कवाडी सामान १ ट्रक बिक्री गरेको बारेमा बागमती प्रदेश प्रहरीले छानबिन गर्न प्रदेश ट्राफिकलाई भनेपछि रानाभाटले इन्स्पेक्टरलाई उल्टै जोगाउन खोजेका छन्। जुन प्रकरणमा प्रदेश प्रहरीले पनि छानविन गरिरहेको छ।

    इन्स्पेक्टर भट्टले कारवाहीबाट जोगिन राति राति पुनः कवाडी जम्मा गरिसकेका छन् । भट्टले कवाडी सामान कार्यालयमै रहेको मुचुल्का बनाई बागमती प्रदेश प्रहरीमा पठाएका छन् ।

    र, यो केसमा बागमती प्रदेश प्रहरी कार्यालयको आँखामा छारो हाल्न कवाडी नबेचेको भन्दै रिपोर्टिङ गरिसकेका छन् ।

    इन्स्पेक्टर भट्टलाई जोगाउन खोजिएको मात्र छैन , सुटुक्क कवाडी बिक्री गर्ने चितवन ट्राफिकका भट्टलाई एसपी रानाभाटले पृुरस्कृत गरेका छन् । कोरोना कहरका बीचमा उत्कृष्ट कार्य गरेको भनी भट्टलाई बुधबार प्रदेश ट्राफिक प्रहरी कार्यालयले पुरस्कृत गरेको थियो ।

    जबकि कार्यालय स्थापनादेखिका मोटरसाइकल र साइलेन्सर पाइप उनले बिक्री गरेको आरोपमा उनीमाथि बागमती प्रहरीले छानबिन गरिरहेको छ ।  रानाभाटले वाग्मती प्रदेशका डीआइजी बसन्त लामालाई गलत रिपोर्टिङ गगरेर भट्टलाई जोगाउन खोजेका छन्  ।

    एसपी रानाभाटले भने आफूले नियमसंगत रूपमा काम गरेकाे अनलाइन नेपालसँग प्रष्टिकरण दिएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार