Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • विपद् पीडितलाई तीन महिना खाद्यान्न उपलब्ध गराउने कर्णाली प्रदेश सरकारको निर्णय

    विपद् पीडितलाई तीन महिना खाद्यान्न उपलब्ध गराउने कर्णाली प्रदेश सरकारको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेश सरकारले विपद पीडित परिवारका लागि तीन महिना खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ ।

    प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषदको बैठकले बाढी पहिरोलगायतका विपदमा परेकाको परिवारका लागि तीन महिना खान पुग्ने खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिइन् ।



    यस्तै प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएको परिवारलाई आवास निर्माणका लागि राहतस्वरुप प्रति परिवार एक लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय पनि गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार