Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रतिबन्धित दलका विद्यार्थी नेतासँग मन्त्री बिनाको सेल्फी !

    प्रतिबन्धित दलका विद्यार्थी नेतासँग मन्त्री बिनाको सेल्फी !

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई  प्रतिबन्ध लगाएर सो पार्टीका नेताहरुलाई पक्राउ गर्दै मुद्दा चलाउँदै आएको छ। विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्धित समुह भनेर घोषणा समेत गरिसकेको छ।

    विप्लवप्रति सरकारको कारवाही तीब्र रुपमा अगाडि बढिरहेको बेला  खानेपानी तथा सरसफाइँ मन्त्री बिना मगरले भने विप्लका विद्यार्थी नेता चिरञ्जीवी ढकालसँग भेटेर फोटो सेसन गरेकी छन्। ।



    बिना र चिरञ्जीवी अखिल क्रान्तिकारीका कुनै बेलाका सहकर्मी थिए । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि दुवैले अखिल क्रान्तिकारी काठमाडौं जिल्ला समितिमा काम गरेपनि पछि अलग- अलग बाटो लागे ।



    बिनाले नेकमा अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (हाल स्वर्गिय)सँग बिहे गरेपछि भाग्य चम्कियो र मन्त्री समेत बनिन। चिरञ्जीवी विप्लवको विद्यार्थी संगठनको कमान्डर छन् । उनी अहिले लुक्दै हिंड्न परेको छ।

    उनी बेला बेलामा पक्राउ पर्दै छुट्दै आएका छन् ।  प्रहरीले चन्दा आतंक मच्चाउँदै आएको भन्दै ढकालका गतिबिधीमाथि निगरानी राख्दै आएको छ।

    बिनाले आफ्नो कार्यकालमा सँगै काम गरेका सहकर्मीसँग  साउन १७ गते कपनस्थित जनकल्याण माध्यमिक विद्यालयको सभाहलमा भेटघाट आयोजना गरेकी थिइन् । सोही क्रममा उनीहरुबीच भेट भएको थियो ।

    जनकल्याण माविको सभाहलमा गेट-टुगेदर मिलन समारोहका क्रममा चिरञ्जीवीले मन्त्री बीनासँग सेल्फी खिचेका छन् । जसमा दुवै जना निकै प्रफुल्ल मुद्रामा देखिन्छन् ।

    प्रतिबन्धित दलका विद्यार्थी नेतालाई मन्त्री मगरले भेटेपछि पदीय मर्यादा ख्याल नगरेको भन्दै नेकपा भित्रैबाट प्रश्न उठाइएको छ। त्यसो त यो  नितान्त गैरराजनीतिक भेटघाट भन्दै ढकालनिकट व्यक्तिहरुले सामाजिक सन्जालमार्फत वताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार