Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपाल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने

    नेपाल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । नेपाल बैंक लिमिटेडले बजारको माग र चाहनाबमोजिम नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा कम ब्याजदर हुने गरी पाँचवर्षे अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्ने भएको छ । घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गर्नाका साथै अन्य बैंकमा रहेको घरकर्जासमेत ‘स्वाप’ गर्ने सुविधा दिने भएको छ । नेपाल बैंक नेपालको पहिलो बैंकसमेत हो ।

    बैंकले नयाँ लघु उद्यम कर्जा, समृद्घ व्यवसाय कर्जा र घडेरी कर्जा योजनासमेत शुरु गरेको छ । लघु उद्यम कर्जा तथा समृद्घ व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको छ । सो ब्याजदर पनि त्यस प्रकृतिका कर्जामा बैंकिङ क्षेत्रकै न्यून ब्याजदर भएको बैंकले जनाएको छ । त्यस्ता कर्जा प्राप्त गर्नका लागि सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार/व्यवसाय हुनुपर्नेछ ।



    त्यस्ता व्यवसाय सञ्चालन तथा विस्तारका लागि २५ लाखदेखि ९९ लाखसम्मको लघु उद्यम कर्जा र एक करोडदेखि तीन करोडसम्मको चालू तथा स्थिर पूँजी व्यवस्थापनका लागि कर्जा उपलब्ध गराइनेछ । दुवै प्रकारका कर्जाअन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा अन्य सामान खरिद गर्न स्थिर पूँजीकर्जा र चालू सम्पत्ति व्यवस्थापनको लागि चालू पूँजीकर्जा प्रदान गरिने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए।



    लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे सात कार्य दिनभित्र निर्णय गरी प्रदान गरिनेछ । यस्तै, घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा योजना ल्याएको छ । उक्त कर्जाको वार्षिक ब्याजदर ९।९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसीय आवश्यकता पूरा गर्न सक्नेछन् ।

    उक्त कर्जा योजनाअन्तर्गत खरिद गरिने घडेरी कम्तीमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अवधि ५ देखि २० वर्षसम्म कायम गरिएको छ । बैंकले १८६ शाखा, १२५ एटिएम तथा २९ वटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ । चालू आवमा सबै जिल्लामा शाखा सञ्जाल पुर्‍याई कूल शाखा सङ्ख्या २१४ पुर्‍याउने लक्ष्य राखिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार