Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कांग्रेसभित्रको विवाद कहिलेसम्म ?

    कांग्रेसभित्रको विवाद कहिलेसम्म ?

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका प्रभावित हुन शुरु भइसकेको छ । कोरोना महामारीका बेला महाधिवेशन गर्ने भनेर कांग्रेसको कार्यतालिका संशोधन गरेर जारी गरिएको थियो । बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने भने जस्तै महाधिवेशन समयमा हुँदैन भनेर बोल्न कसैले सकेका छैनन् ।

    त्यसको फाइदा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाले उठाएका छन् । अबको सात महिनाभित्र कांग्रेसको महाधिवेशन कुनै पनि हालतमा हुन सक्दैन । कोरोना महामारीका कारण जनताले धमाधम ज्यान गुमाइरहेका छन् । दैनिक ३–४ सय जना संक्रमित भइरहेका छन् । कोरोनाले मध्य र पूर्वी तराई तथा काठमाडौं उपत्यकालाई निशाना बनाएको छ ।



    कोरोनाबाट आफ्नो जीवन कसरी रक्षा गर्ने भनेर दिनरात सोच्नुपर्ने बाध्यता भएका बेला कांग्रेसको १४औं महाधिवेशन फागुन महिनामा हुन्छ भन्नु पत्यार नलाग्ने कुरा हो । रामचन्द्र पौडेलले मंगलबार विज्ञप्ति जारी गरेर कोरोनाको महामारी काठमाडौं उपत्यकामा अनियन्त्रित रुपमा फैलिएको भन्दै अत्यावश्यक बाहेकका सबै भेटघाटहरू स्थगित गरेका छन् । पौडेल मात्रै होइन कांग्रेसका अन्य शीर्ष नेताहरूले पनि कार्यक्रमहरू स्थगित गरिसकेका छन् ।



    महाधिवेशन समयमा नहुने भए नेविसंघ, तरुण दलका साथै विभागहरूलाई पूर्णता दिनुपर्ने एकथरीको माग छ । सभापति शेरबहादुर देउवाले विभागहरूलाई विस्तार गरिरहेका छन् । पौडेल–कोइराला समूहलाई ६०–४० अनुसार भाग दिइएको छ ।

    नेकपाको दबदबा रहेका बेला कांग्रेसका शीर्ष नेताहरू जुँगाको लडाइँ गरिरहेका छन् । पौडेल–कोइराला समूहमा उपगुटहरू रहेकाले ४० प्रतिशतमा आफ्ना नेताहरू व्यवस्थापन गर्न समस्या भएपछि देउवालाई असहयोग गरेको कुरा सबैले बुझेका छन् ।

    आफूभित्रको विवाद मिलाउन नसक्ने देउवालाई पनि काम गर्न नदिने कार्य पौडेल–कोइराला समूहले तत्काल रोक्नुपर्ने कार्यकर्ताहरु नै बताउँछन् । देउवाले पौडेल–कोइरालाको भाग राखेर आफ्नो भागमा परेका विभागहरू धमाधम विस्तार गरेपछि पौडेल–कोइराला निकटका नेताहरू देउवाको ढोकामा पुगेका छन् । यद्यपी १४औं महाधिवेशनमा विभाग गठनको कुरालाई पौडेल–कोइराला समूहले एजेण्डाका रुपमा अगाडि बढाउन खोज्नुलाई सबैले राम्रैसँग बुझेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार