Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बंगलादेशको राष्ट्रिय फुटबल टिमका १८ जनामा कोरोना संक्रमण

    बंगलादेशको राष्ट्रिय फुटबल टिमका १८ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, २४ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । बंगलादेश फुटबल टिमका खेलाडी र प्रशिक्षक गरी १८ जनामा कोरोना संक्रमण भेटिएको छ।

    बन्द प्रशिक्षणका लागि बोलाइएका ३६ जनामा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो।



    २०२२ को कतार विश्वकप र २०२३ को चीनमा हुने एएफसी एसिया कपको तयारीका लागि खेलाडीहरुलाई राजधानी ढाका नजिकैको गाजिपुरमा क्याम्प बोलाइएको थियो।



    बंगलादेशले अक्टोवर ८ मा अफगानिस्तानविरुद्ध खेल्ने तालिका छ। अखिल नेपाल फुटबल संघ एन्फाले पनि विश्वकप छनोटको तयारीकै लागि भदौ १ गतेबाट प्रशिक्षण थाल्ने तयारी अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार