Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्युठानमा १४ जना सैनिकलाई कोरोना संक्रमण पुष्टि

    प्युठानमा १४ जना सैनिकलाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्युठानमा नेपाली सेनामा कार्यरत १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेनाका १४ जना सहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

    उनका अनुसार ईन्द्रध्वज गण प्युठानमा कार्यरत १४ जना, स्वर्गद्वारी नगरपालिकाका ६ जना, मल्लरानी गाउँपालिकाका २ जना र जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।



    जनस्वास्थ्य प्रमुख सुवेदीका अनुसार सोमबार २३ जनामा संक्रमण पुष्टि भएसँगै प्युठानमा कोरोना संक्रमितको संख्या ३६५ जना पुगेको छ । जसमध्ये ३३७ जना संक्रमित डिस्चार्ज भइसकेका छन् । आइसोलेसनमा २८ जना संक्रमित उपचाररत रहेको उनले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार