Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • हिराजडित मास्क, मूल्य ६ लाख!

    हिराजडित मास्क, मूल्य ६ लाख!

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 3.7K
    SHARES

    एजेन्सी। कोरोना भाइरस महामारीका कारण संसारभर मास्क लगाउनु जरुरी बनाइएको छ । नेपाल र भारतमा यतिबेलाको सिजन बिहेबारीको सिजन हो ।

    भारतको सुरतमा व्यापार गरिरहेका एउटा गहना पसलेले बिहेको सिजनलाई ध्यानमा राखेर ६ लाख सम्मको मास्क बनाएका छन् ।



    हिरा जोडेको उक्त मास्कको भारतीय मूल्य ४ लाख जति पर्छ । यतिबेला ती गहना पसलेले बनाएको मास्कको चर्चा सामाजिक सञ्जालमा चुलिएको छ ।



    गहना विक्रेता दीपक चौकसीले भनेका छन्, ुमलाई हिराजडित मास्क बनाउने आइडिया मेरा ग्राहकबाट आएको हो, जसको घरमा बिहे थियो । पतिपत्नी दुवैले यस्तो मास्कको अर्डर गरे ।

    त्यसपछि उनले आफ्ना डिजाइनरहरूलाई मास्क बनाउने काममा लगाए । उक्त मास्कमा शुद्ध अमेरिकन हिरा जोडेर बनाइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार