Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बलिउडका नायिकाहरू : को कति धनी ?

    बलिउडका नायिकाहरू : को कति धनी ?

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । बलिउडमा अभिनेत्रीहरुमध्ये आलिया भट्ट पछिल्लो समय सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीको पहिलो नम्बरमा आउँछिन् । उनी सन् २०१९ को फोब्र्सको सूचिमा समेत सामेल भएकी थिइन् । उनको पछिल्लो कमाई ५९.२१ करोड रहेको छ ।

    ग्लोबल आइकन प्रियंका चोपडा जोनास पछिल्लो समय सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीको टप १०० को सेलिब्रेटीको सूचिमा पर्छिन् । उनी ४९ नम्बरबाट १४ औं मा आइपुगेकी छिन् । पछिल्लो समय प्रियंकाको कुल कमाई २३.४ करोड थियो । उनको इन्स्टाग्राममा धनिको सूचिमा २०१९ की सबैभन्दा धनि भारतीय सेलिब्रेटीको रुपमा पनि नोमिनेसन भएकी थिइन् । उनी पछिल्लो समय इन्स्टाग्रामको एउटा पोस्ट बराबर १.९२ करोड चार्ज लिन्छिन् ।



    सबैभन्दा धनि अभिनेत्रीको सूचिमा दीपिका पादुकोणको पनि नाम आउँछ । उनी सन् २०१८ मा ४८ करोड कमाई गरेर १० औं नम्बरमा पर्न सफल भएकी थिइन् । अहिले उनको नाम चौँथो नम्बरमा पुगेकी छिन् । उनको पछिल्लो वर्षको कमाई १११.८ करोड भइसकेको छ ।



    अभिनेत्री तथा प्रोड्युसर अनुष्का शर्माको सन् २०१९ को कमाई २८.६७ करोड थियो । अनुष्का सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीको सूचिमा २१ औँ नम्बरमा पर्छिन् ।

    बलिउडकी अभिनेत्री कैटरीना कैफको अघिल्लो वर्ष २३.६३ करोड थियो । जसले उनलाई धनि अभिनेत्रीहरुको सूचिमा २३ औँ नम्बरमा पर्छिन् । फिल्ममा काम गर्नुका साथै उनी केही ठूला ब्राण्डका एम्बेसडर पनि हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार