Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भदौमा हुने सीटीईभीटीको परीक्षा स्थगित

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले भदौ दोस्रो साता लिने भनेको परीक्षा स्थगित गरेको छ । सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि परीक्षा स्थगित गरेको सीटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए ।

१ भदौबाट परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय अनुसार सीटीईभीटीले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षाको तालिका प्रकाशित गरेको थियो । परीक्षाको अर्को तालिका कोभिड–१९ को संक्रमण कम भएपछि तीन हप्ताको समयावधि राखेर प्रकाशन गरिने प्रवक्ता भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077