Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कोरोना महामारीमा पनि मानव तस्करी र गुण्डागर्दीमा मुछियो एनआरएनए यूएई

    कोरोना महामारीमा पनि मानव तस्करी र गुण्डागर्दीमा मुछियो एनआरएनए यूएई

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 3.8K
    SHARES

    दुबइ। कोरोना महामारीको समयमा पनि एनआरएनए यूएईका पदाधिकारीहरु मानव तस्करलाई सहयोग गरी दलालसँग मिलेर पीडितमाथि कुटपिटको घटनामा संलग्न भएको पाइएको छ। गुण्डागर्दीको घटनामा संलग्न रहेको खुलेपछि  एनआरएनए यूएईका तीन पदाधिकारीहरु निलम्बनमा परेका छन् ।

    संघले  विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यमहरुमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) यूएई र यसको दुबई क्षेत्रीय समितिका केहि पदाधिकारीहरुको नाम समेत मुछिएर समाचार सम्प्रेषण भइरहेको सन्दर्भमा एनआरएनए यूएईको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।



    संघका अध्यक्ष प्रकाश कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा बेलायत लैजाने प्रलोभनमा पारी जनही ९ लाख रूपैया लिई यूएईमा एक व्यक्तिको जिम्मा लगाईएको तर, यूएई ल्याएपछि बेलायत पठाउन नसकिने भन्दै यूएईमै राम्रो रोजगारीमा लगाई दिने भनि पासपोट र अन्य कागजात सो व्यक्तिले नियन्त्रणमा लिएको बुझिन आएको उल्लेख गरिएको छ ।



    पीडितहरुले यूएईस्थित नेपाली दूतावास र एनआरएनए यूएईमा उजुरी दिएपछि छानविन प्रकृया अघि बढीरहेको अवस्थामा एनआरएनए दुबई क्षेत्रीय समितिका अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्रीको उपस्थितिमा कुटपिट भएको भनी नाम मुछिएको हुँदा उक्त घटनाको छानविन किनारा नलागे सम्मलाई एनआरएनए दुबई क्षेत्रीय समितिका अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्रीलाई निलम्बन गरिएको छ ।

    एनआरएनएले जारी गरेको विज्ञप्तिमा अध्यक्षको परामर्श बिना र समितिमा कुनै छलफल नगरी सस्थाको लेटरप्याड र छाप दुरुपयोग गरी एनआरएनए यूएईका उपाध्यक्ष नरेश सेनले मनोमानी ढंगले विज्ञप्ति निकालेको जनाएको छ ।

    काठमाण्डौं स्थित तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालीकी जनसम्पर्क अधिकृत सिर्जना अधिकारी र दुबइ बस्ने श्याम थापाले ६३ जना नेपालीहरुलाई बेलायत लैजाने भन्दै ९ देखि १० लाख रुपैयाँ उठाएर दुबईमा अलपत्र बनाएका दलालहरुको संरक्षण गरेको आरोप मल्ल र खत्रीलाई लागेको थियो ।

    यस्तो थियो घटना

    पीडित बोहरा

    पीडितहरु टिकाराम बोहोरा र मनोहर केसीका अनुसार श्याम थापाले बेलायत भनेर दुबई पुर्याएर त्यही नै नै काम लगाइदिन्छु भन्दै ७ हजार ५ सय दिर्हामको नक्कली सम्झौता पत्र बनाएर दुबईमा काम गर्न बोलाए । थापाले उनीहरुलाई नक्कली ईम्प्लोईमेन्ट भिसा दिए र झुक्याए ।

    अन्तत थापाले दिएको सम्झौता पत्र र भिसा नक्कली भएको थाहा पाएपछि पीडितहरुले दुताबास र एनआरएनएलाई सहयोग उद्दारको लागि गुहार्न पुगेका थिए । उल्टै तर उल्टै कुटाइ खाएका पीडितहरु टिकाराम बोहोरा र मनोहर केसीलाई दलालको ट्याग भिराएर एनआरएन दुबईका अध्यक्ष भिम मल्लले प्रचार गराए ।

    दुताबासमा उजुरी गरेको थाहा पाए पछि केही दिन अघी मात्र श्याम थापाले एनआरएन दुबई क्षेत्रका अध्यक्ष भीम मल्लको साथमा  गुण्डाहरु लिएर पीडित टिकाराम बोहोरा र मनोहर केसीलाई दुबईको बरदुबईमा बोलाए ।

    उनीहरु आफ्नो पासपोर्ट पाउने आशामा बरदुबई पुग्दा १० जनाको समुहमा रहेको एनआरएन दुबईका अध्यक्ष भिम मल्ल र उपाध्यक्ष निराजन खत्रि(एरिक) निकट राजन खड्का बताउने, राजन विश्वकर्मा, केदारमान श्रेष्ठ(अर्जुन) नाम गरेका व्यक्तिहरुले बोहोरालाई अन्धाधुन्ध आक्रमण गरेका थिए ।

    एनआरएनए यूएईले निकालेको विज्ञप्ति

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार