Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एभरेष्ट बैंकका कारण कर्मचारी र ग्राहकमा कोरोना संक्रमणको खतरा

    एभरेष्ट बैंकका कारण कर्मचारी र ग्राहकमा कोरोना संक्रमणको खतरा

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । समुदायस्तरमा समेत कोरोना संक्रमित देखा परिसकेका छन् ।

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु कोरोना जोखिमको अग्रपंक्तिमा परेका छन् । आर्थिक कारोबार गर्नुपर्ने संस्था भएकाले जो कोही नि बैंक तथा वित्तीय संस्थामा आउजाउ गर्दा संक्रमण फैलनसक्ने खतार बढ्दै गएको छ ।



    यस्तो अवस्थामा बैंकका उच्च अधिकारीहरले नै लापरबाही गर्दा कोरोना संक्रमणको खतरा झनै बढिरहेको छ ।



    एभरेष्ट बैंकको जनकपुर शाखामा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि हुँदा समेत बैंकले शाखा सञ्चालन गरेर आम सर्वसाधरणको स्वास्थ्यमाथि नै खेलवाड गरिरहेको छ ।

    जनकपुर शाखामा कार्यरत ति कर्मचारीमा साउन २७ गते पिसिआर रिपोर्ट पोजेटिभ भएको रिपोर्ट आएको थियो । त्यसपछि बैंकले २ दिन आफ्नो सेवा बन्द गरेपनि ३० गतेदेखि पुनः सञ्चालन गरिरहेको छ ।

    बैंकले ३० गते बेलुका जनकपुर शाखामा कार्यरत सबै कर्मचारीको कारोना परिक्षणका लागि स्वाव संकलन गराएको थियो । तर, नतिजा नआउँदै बैंकले सेवा शुरु गरेर आम सेवाग्राहीको स्वास्थ्यमाथि खेलवाड गरेको जनकपुरका एक स्थानियबासी बताउँछन् ।

    अन्य बैंक तथा वित्तिय संस्थामा कोरोना भाइरस संक्रमण देखिएपछि शिल गरिएको छ । तर, भारतीय लगानी रहेको एभरेष्ट बैंकले भने कर्मचारी र ग्राहकको स्वास्थ्यमा गम्भिर खेलवाड गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार