Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • दुई सय खेलाडीको कोरोना बीमा गर्दै तेक्‍वान्दो संघ

    दुई सय खेलाडीको कोरोना बीमा गर्दै तेक्‍वान्दो संघ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 4.8K
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला तेक्‍वान्दो संघले दुई सय जनाको कोरोना बीमा गरिदिने भएको छ । काठमाडौं जिल्लामा रहेका विभिन्न तेक्‍वान्दो डोजाङका करिब दुई सय जना डोजाङ प्रमुखको कोरोना बीमा गरिदिने काठमाडौं जिल्लाका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

    जिल्ला संघको बिहीबार बसेको भर्चुअल बैठकले उक्त निर्णय गरेको अध्यक्ष खड्काले जानकारी गराए । प्रत्येकको ५० हजारका दरले बीमा गर्न लागिएको हो । त्यसमा ५० प्रतिशत जिल्ला संघ आफैले व्यहोर्ने छ भने बाँकी सगरमाथा तेक्‍वान्दो डोजाङका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गर्ने खड्काद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    जिल्ला संघले यहि अगष्ट २९ र ३० तारिखमा प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगिता (पुम्से) पनि आयोजना गर्दैछ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार