Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • महामारीका बेला पनि एनआईसीका नयाँ–नयाँ योजना

    महामारीका बेला पनि एनआईसीका नयाँ–नयाँ योजना

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण देश संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा पनि निजी क्षेत्रबाट सञ्चालित एनआईसी एशिया बैंकले भने आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । त्यतिमात्र होइन् एनआईसीले यस्तो महामारीका बेला सरकारलाई १ करोड ७ लाख रुपैयाँ सहयोग गरिसकेको छ । हिजो मात्र ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको बैंकले आज (बुधबार) ‘क्यूआर रिफर एण्ड अर्न’ योजना सार्वजनिक गरेको हो ।

    बैंकले नयाँ क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘QR Refer and Earn’ योजना ल्याएको हाे । यस बैंकका क्यूआर मर्चेन्ट तथा ग्राहक महानुभावहरूले २०७७ भाद्र र आश्विन महिनाभर उक्त योजनामा सहभागी जनाउन सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    बुधबार जारी विज्ञप्तिमा भनिएको छ–‘यस योजनामा बैंकसँग रहनुभएका क्यूआर मर्चेन्ट एवं ग्राहक महानुभावहरूले उक्त २ महिनाको अवधीमा नयाँ क्यूआर मर्चेन्ट रिफर गरी उक्त नयाँ क्यूआर मर्चेन्टले यस योजना अवधिमा बैंकमा चालु खाता खोलेर क्यूआरमा आबद्ध भएमा रिफर गर्ने क्यूआर मर्चेन्ट एवं ग्राहक महानुभावहरूलाई बैंकले प्रति रिफर मर्चेन्ट रू. ७५० खुद रकम प्रदान गर्नेछ । साथै, सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्यूआर मर्चेन्टहरू बैंकमा आबद्ध गराउने १० जनालाई थप जनही रू. ५० हजार रकम प्रदान गरिने समेत व्यवस्था गरिएको छ ।’



    स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै QR Payment बाट भुक्तानी गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकलाई Cashless Economy बनाउन सहयोग पुर्याउन यस योजनालाई बैंकले अगाडी बढाएको पनि बैंकले जनाएको छ ।

    डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महशुस गर्दै आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न हालसम्म देशभर १५ हजार भन्दा बढी क्यूआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

    यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

    यस बाहेक बैंकले हाल प्रत्येक हप्ता ‘ह्याप्पी आवर’ योजना सफलतापूर्वक सञ्चालन गरिरहेको छ । जसमार्फत प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्गमार्फत कारोबार गर्दा थप ५ प्रतिशत रकम फिर्ता प्राप्त गर्न सक्नुहुन्छ । त्यसैगरी ‘सुपर सिक्स योजना’ मार्फत ग्राहक महानुभापहरूले भाद्र २७ गतेसम्म मोबाइल बैंकिङ्गबाट हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा रू. ५०० सम्म रकम फिर्ता प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ ।

    डिजिटल फष्ट बैंक बन्ने आफ्नो दीर्घकालीन रणनीति अनुरूप ग्राहक महानुभावहरूको संख्यामा विस्तार गर्ने लक्ष्यलाई मुर्तरूप दिँदै गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न सफल भएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार