Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कारागारबाट भागेका चार जना अभियुक्त २० वर्षपछि यसरी पक्राउ परे

    कारागारबाट भागेका चार जना अभियुक्त २० वर्षपछि यसरी पक्राउ परे

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 3.8K
    SHARES

    फाइल तस्बिर

    कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि बिहीबार पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना २० वर्ष अघि घटना भएदेखि र दुई जना १५ वर्षअघि कारागारबाट भागी फरार रहेका थिए ।
    पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-६ बस्ने रोगही भन्ने ४५ वर्षीय करन राज थापा, सोही गाउँपालिका-३ बस्ने रोहीना भन्ने ४९ वर्षीय वर्षीय भगत चौधरी, सोही गाउँपालिका-४ बस्ने कालु भन्ने ३८ वर्षीय गुन सिंह कठरीया र भजनी नगरपालिका-६ बस्ने ४७ वर्षीय टिकाराम चौधरी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई आ-आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
    जिल्ला अदालत कैलालीले २० वर्षदेखि फरार रहेका दुई प्रतिवादीहरु गुन सिंहलाई ४ वटा डाँका चोरी मुद्दामा ३९ वर्ष कैद र १४ हजार ७० रुपैयाँ जरिवाना तथा टिकाराम चौधरीलाई ५ वटा डाँका चोरी मुद्दामा ३८ वर्ष कैद र ९ हजार ८ सय ४० रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो ।



    यसैगरी करन राज थापालाई अदालतले विभिन्न मितिमा गरेको फैसलाले ८ वटा डाँका चोरी मुद्दामा ८७ वर्ष कैद र ४४ हजार १ सय ५३ रुपैयाँ जरिवाना र भगत चौधरीलाई १ वटा डाँका चोरी मुद्दामा ६ वर्ष कैद र ४ हजार ५ सय रुपैया जरिवाना तोकेको थियो । उनीहरु दुवै जना २०५७ फागुन ३० गते पक्राउ परी पुर्पक्षका लागि कारागार कार्यालय कैलाली गएकोमा २०६१ माघ २७ गते कारागार बाट भागी फरार भएका थिए ।



    पक्राउ परेका चारैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार