Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • १३ वर्षकाे सालो अपहरण गरेर १० लाख फिरौती माग्ने भिनाजु पक्राउ

    १३ वर्षकाे सालो अपहरण गरेर १० लाख फिरौती माग्ने भिनाजु पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 5K
    SHARES

    नेपालगन्ज । श्रीमतीकाे भाइ अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी बाँकेले अपहरण भएकाे ३ दिनपछि अपहरण गर्ने भिनाजुलाइ पक्राउ गरी बालकको सकुशल उद्दार गरेको छ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाका अनुसार बाँके जिल्ला खजुरा गाउँपालिका ५ रजनवा गाउँका १३ वर्षका बालक इसहाक जाकिर भन्ने इन्तजार खाँलाई उनका भिनाजु नेपालगन्ज उपमहानगरपालिका-१६ जयसपुरका २७ वर्षका कल्लु भन्ने कलिम खाँले ९ भदौमा अपहरण गरेका थिए।



    खजुरा-५ को रजनवा गाउँमा मोहर्रमको रमाइलो हेर्न गएको बेला बालकलाई अपहरण गरी जयसपुरस्थित आफ्नै घरमा बन्धक बनाएर फिरौती मागेको एसपी रानाले प्रष्ट पारे । ‘बालकलाई बन्धक बनाएर हिन्दी भाषा प्रयोग गरी पीडितकोे परिवारसँग १० लाख रुपैयाँ फिरौती मागेको खबर पाएपछि हामीले खजुरा गाउँपालिकाको धनौलीबाट अभियुक्तलाई पक्राउ गर्न सफल भयौं । ११ भदौमा जानकी गाउँपालिका-५ बुढिया गाउँमा पीडित बालकको फुपुको घरमा लगेर छोडेको अवस्थामा फेला पारेर उद्दार गर्‍यौं।’



    प्रहरीले अभियुक्त खाँबाट अपहरण गर्न प्रयोग भएको भे ४ प २३४४ नम्बरको सुजुकी कम्पनीको मोटरसाइकल एउटा र फिरौती माग्न प्रयोग भएको मोबाइल एक थान बरामद गरेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार