Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • शैक्षिकसत्र खेर जान नदिन अनेरास्ववियुद्वारा शिक्षा मन्त्रीलाई ज्ञापनपत्र

    शैक्षिकसत्र खेर जान नदिन अनेरास्ववियुद्वारा शिक्षा मन्त्रीलाई ज्ञापनपत्र

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे भ्रातृ संगठन अनेरास्ववियुले शैक्षिक सत्र खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई शुक्रबार २१ बुँदे ज्ञापनपत्र बुझाएको छ । विद्यालयतहदेखि विश्वविद्यालयसम्मको स्थगित परीक्षा सञ्चालन र नियमित पठनपाठन सुरु गर्न वैकल्पिक विधिबाट नियमित गर्न ध्यानकर्षण गराएको हो ।

    विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले आधा शैक्षिक सत्र बितिसकेकाले तत्काल नसोचे शैक्षिकसत्र खेर जानसक्ने संगठनका सहसंयोजक रञ्जित तामाङले बताए । विद्यालय तहमा यस वर्षको शैक्षिक सत्र हरहालतमा कायम हुनेगरी विशेष निर्णयमार्फत् वैकल्पिक सिकाइ प्रणाली र परीक्षा प्रणाली अवलम्बन सुरु गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।



    स्थानीय तहको निगरानीमा अनलाइन माध्यम वा भौतिक दूरी कायम गरी सुरक्षित ढंगले विद्यार्थी भर्ना र कक्षा उन्नतिको व्यवस्थाको अभिलेखीकरण गर्नुपर्ने बताइएको छ। यस्तै विद्यालयमा भएको स्रोत साधानको सहजता र पहुचलाई आधार बनाई वैकिल्पिक शिक्षा प्रणाली सुरु गर्नुपर्ने माग गरिएको छ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार