Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिनियर इन्जिनियर अर्याल ५ लाख ३० हजार रुपैयाँ घूससहित पक्राउ

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भौतिक पूर्वाधार विकास कार्यालय बाँकेका सिनियर इन्जिनियर मनिषकुमार अर्याललाई घूस रकमसहित पक्राउ गरेकाे छ । आयोगको कार्यालय बुटवलले ५ लाख ३० हजार रुपैयाँ स्रोत नखुलेको रकमसहित अर्याललाई आइतवार पक्राउ गरिएकाे जनाएकाे छ ।

पूर्वााधार विकास कार्यालयका प्रमुख समेत रहेका इन्जिनियर अर्याललाई अख्तियारको टोलीले बुटवलस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रकम लिएर बाहिर निस्कने क्रममा पक्राउ गरेको थियो ।

गोप्य सूचनाका आधारमा ६६–१–०७६१ नम्बरको गाडीसहित आयोगको स्टिङ अपरेसनबाट अर्याललाई नियन्त्रणमा लिइएको बुटवलस्थि अख्तियार कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077