Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • मरिच र केराउको आयात सर्तसहित खोल्ने सरकारको निर्णय

    मरिच र केराउको आयात सर्तसहित खोल्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 5.2K
    SHARES

    काठमाडौं । सरकारले केराउ र मरिचको आयात खोल्ने निर्णय भएको छ । तर केराउ र मरिच २०७६ चैत अगाडि सिपङ भएकाे हुनुपर्नेछ । सरकारले आयात प्रतिबन्ध लगाउनु अगाडि नै सिपिङ भएका वस्तुलाई आयात गर्न दिने निर्णय गरेको हाे।

    सरकारले गत चैतमा विदेशी मुद्रामा चाप पर्दा यी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । असारमा उद्योगले आयात गर्ने मरिच आयात खोले पनि अन्य वस्तुको आयात रोकिएको थियो । सरकारले खरिद मूल्य ५० हजार डलरभन्दा माथिका सवारी साधन र मदिरा आयातमा लगाएको प्रतिबन्ध यथावत राखेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार