Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कोरोनाबाट केन्द्रीय कारागारका कैदीको मृत्यु

    कोरोनाबाट केन्द्रीय कारागारका कैदीको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १६ भाद्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण सुन्धारास्थित केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरूष कोरोना संक्रमित हुन् ।

    ती पुरुषमा गत भदौ १० गते कोरोना भाइरसको संक्रमण देखिएको थियो। उपचारकै क्रममा सोमबार राति मेघा अस्पतालमा मृत्यु भएको बताइएको छ ।



    त्यस्तै अन्य दुई जना ६० वर्षीय र ६४ वर्षीय पुरूषको मंगलबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो। तीमध्ये एक जनाको कोरोना रिपोर्ट भदौ ५ गते नेगेटिभ आएको थियो भने अर्का व्यक्तिको स्वाब परीक्षणको लागि पठाइएको छ।



    संक्रमित पुरूषमा छारे रोग, मुटु र मानसिक समस्या थियो। त्यस्तै ६० र ६५ वर्षीय पुरूष पनि मुटु र दमको रोगी थिए।

    केन्द्रीय कारागारमा अहिलेसम्म ५२ जना कैदीमा कोरोना संक्रमण देखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार