आईसीसीले नेपाली क्रिकेट खेलाडीको तलब पठायाे

आईसीसीले नेपाली क्रिकेट खेलाडीको तलब पठायाे

अनलाइन नेपाल
  • मंगलबार, भाद्र १६ २०७७

  • 4.5K
    SHARES

  • आईसीसीले नेपाली क्रिकेट खेलाडीको तलब पठायाे

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको २०१९ को तलब पठाएको छ । आईसीसीले सोमबार बेलुका एक वर्षको तलब नेपाल क्रिकेट संघ (क्यान) को खातामा पठाएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । नेपाली टिमका २२ खेलाडी र १ जना भिडियो एनालिस्ट गरी २३ जनाको तलब पठाएको हो ।

    खेलाडीको तलब आईसीसीले पठाएको तीन दिनमा क्यानको खातामा आइपुग्ने र त्यसपछि खेलाडीको खातामा पठाइने अध्यक्ष चन्दले जानकारी दिए ।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार