Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • पुल्चोकमा रथ तान्ने युवा र सुरक्षाकर्मीबीच झडप, अश्रु ग्यास प्रहार

    पुल्चोकमा रथ तान्ने युवा र सुरक्षाकर्मीबीच झडप, अश्रु ग्यास प्रहार

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 3.3K
    SHARES

    ललितपुर । युवाहरुकाे एक समुहले आज पुल्चोकमा प्रदर्शन गरेका छन्। रातो मछिन्द्रनाथको रथ यात्रा गर्न दबाब दिँदै ती युवाहरुले प्रदर्शन गरेका हुन्। साेही क्रममा रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएको छ।

    निषेधाज्ञा उल्लंघन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा थिए। ११ बजेपछि उनीहरुले जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए। उनीहरुले संस्कृति मास्न नपाइने नारावाजी लेखिएका प्लेकार्ड बोकेका थिए। सुरक्षाकर्मीले भिड तितरवितर पार्न थालेको छ अहिले। पुल्चोकको मुल सडक यतिखेर ढुंगामुढाका कारण आन्दोलनस्थलका रुपमा परिणत भएको छ।



    दिउँसो १ बजेपछि भने अवस्था तनावपूर्ण बन्दै गएको थियो। प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका थिए। प्रहरीले वाटर क्यानन लिएर पुगेपछि प्रहरीमाथि ढुंगामुडा प्रहार भएको थियो। त्यसपछि प्रहरीले पानीको फोहराले हान्न थालेको छ। प्रदर्शनकारीले प्रहरीलाई खेदेका छन्। प्रहरीलाई खेदेपछि पुल्चोकमा सशस्त्र प्रहरी पनि परिचालित भएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार