Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पुल्चोकबाट भीडलाई हटायो प्रहरीले, झडपका क्रममा वाटरक्यानन तोडफोड

    पुल्चोकबाट भीडलाई हटायो प्रहरीले, झडपका क्रममा वाटरक्यानन तोडफोड

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 4.5K
    SHARES

    काठमाडौं ।  निषेधाज्ञाको समयमा  रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएको छ।

    स्थानीय समुहले रातो मछिन्द्रनाथको रथ तान्न खोजेपछि झडपको स्थिति आएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए।





    सुरक्षाकर्मीले अहिले भीडलाई हटाइसकेको छ ।  रथ तान्न पुगेका स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएपछि आन्दोलनकारीले प्रहरीको मोटरसाइकल जलाएका छन् । झडपका क्रममा प्रहरीको वाटर क्यानन तोडफोड भएको छ । निषेधाज्ञा उल्लंघन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा थिए।

    ११ बजेपछि उनीहरुले जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए। उनीहरुले संस्कृति मास्न नपाइने नारावाजी लेखिएका प्लेकार्ड बोकेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार