Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ललितपुरमा कर्फ्यु आदेश उल्लंघन गर्नेलाई प्रहरीले गोली हान्न सक्ने

    ललितपुरमा कर्फ्यु आदेश उल्लंघन गर्नेलाई प्रहरीले गोली हान्न सक्ने

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 5.4K
    SHARES

    काठमाडौं । रथयात्रामा तनाब बढेको घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले शान्ति सुरक्षामा खलल पुर्याइएको भन्दै कर्फ्यू आदेश जारी गरेको जनाएको छ ।

    रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो । सो आदेशको उल्लंघन गरी घरबाट बाहिर निस्केमा अन्य काम गरेमा सुरक्षाका लागि खटिएको प्रहरीले गोली हान्ने समेत जनाइएको छ। कर्फ्यू आदेश  क्षेत्रमा भेला हुन तथा आवतजावत गर्न पाइंदैन ।



    कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो ।



    प्रहरीले आज ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ । रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएको थियो।

    हेर्नुहोस् सुचना

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार