Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • धादिङमा पनि गोँगबुमा जस्तै घटना, झोलामा टाउको लिएर हत्याराद्वारा प्रहरीमा आत्मसमर्पण

    धादिङमा पनि गोँगबुमा जस्तै घटना, झोलामा टाउको लिएर हत्याराद्वारा प्रहरीमा आत्मसमर्पण

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 6K
    SHARES

    धादिङ । गोँगबुमा कल्पना मुडभरी पौडेलले कृष्णबहादुर बोहोराको  शरीर खुर्पाले काटेर सुटकेसमा प्याक्क गरी फ्याँकेको घटना सेलाउन नपाउँदै धादिङमा पनि त्यस्तै खालको घटना घटेको छ। दुबै घटनाको प्रकृति भने उस्तै- उस्तै खालको छ।

    धादिङमा एक युवकले वृद्धको हत्या गरी टाउको झोलामा लिएर डेढ घण्टा पैदल हिँडी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्।



    हत्या आरोपी राजु परियारले सामान्य विवाद हुँदा ६५ वर्षिय सोमबहादुर गुरुङमाथि खुर्पाले हानेर हत्या गरी राति १ बजेतिर प्रहरीमा आत्मसमर्पण गर्न आएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले बताए ।



    यस्तो छ घटना विवरण

    नीलकण्ठ नगरपालिका वडा नम्बर १३ खल्चेतका २६ वर्षिय राजु परियार दिनभर निर्माणको काम गर्थे ।

    मिस्त्रीको काम गर्ने उनी विहिबार साँझ काम गरेर घर फर्कदै थिए । बाटोमा ६५ वर्षिय सोमबहादुर गुरुङ मदिरा पिएर बसिरहेका रहेछन् ।

    राजुले गुरुङसँगै मदिरा खाए । यत्तिकैमा घरमा सत्न जाने कुरा भयो । मदिराले लठ्ठिएका गुरुङ तेरी श्रीमतीसँग गएर सुत्छु’ भनेपछि राजु रिसाए । ‘नातिनी जस्तो मान्छेलाई यस्तो भन्ने हो’ भन्दै राजुले सम्झाउन खोजे । तर, उल्टै सोम बहादुरले राजुलाई २ थप्पड हो ।

    कुटाई खाएपछि राजु सरासर घर गए र झोलामा खुर्पा हालेर गुरुङ भएतिर आए । त्यसपछि उनले गुरुङमाथि खुर्पा प्रहार गरि हत्या गरे ।

    हत्यापछि उनी राती करिब ११ बजे साङकोषको खाल्चेतबाट हिँडेरै जिल्ला प्रहरी कार्यालयमा आए । झोलामा रहेको सोमबहादुरको टाउको देखाएर मैले हत्या गरेँ मलाई कारबाही गर्नुस् भन्दै प्रहरी समक्ष आत्म समर्पण गरे।

    जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी इन्सपेक्टर सरोज राईका अनुसार प्रहरीले राजुको शुरुवाती बयानको आधारमा घटनास्थलको मुचुल्का तयार पारी शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल धादिङ पुर्याउँदै छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार