Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यी हुन श्रीमती जिस्क्याएको निहुँमा बृद्धको हत्या गरि टाउको झोलामा हालेर प्रहरीमा पुग्ने अभियुक्त

    यी हुन श्रीमती जिस्क्याएको निहुँमा बृद्धको हत्या गरि टाउको झोलामा हालेर प्रहरीमा पुग्ने अभियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 19.5K
    SHARES

    धादिङ ।  वृद्धको हत्या गरी टाउको नै काटेर झोलामा हालेर आत्मसमर्पण गर्न आउने व्यक्तिलाई धादिङ प्रहरीले सार्वजनिक गरेको छ । विहिबार राती धादिङको निलकण्ठ नगरपालिका १३ खल्चेतमा राजु परियारले सामान्य बिबादमा सोमबहादुर गुरुङको हत्या गरेका थिए ।

    परियारले सामान्य विवाद हुँदा ६५ वर्षिय  गुरुङमाथि खुर्पाले हानेर हत्या गरी टाउको नै लिएर राति १ बजेतिर प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए।  उनी टाउको झोलामा लिएर डेढ घण्टा पैदल हिँडी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।



    जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई ज्यान मार्ने मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।



    यस्तो थियो घटना विवरण

    नीलकण्ठ नगरपालिका वडा नम्बर १३ खल्चेतका २६ वर्षिय राजु परियार दिनभर निर्माणको काम गर्थे ।

    मिस्त्रीको काम गर्ने उनी विहिबार साँझ काम गरेर घर फर्कदै थिए । बाटोमा ६५ वर्षिय सोमबहादुर गुरुङ मदिरा पिएर बसिरहेका रहेछन् ।

    राजुले गुरुङसँगै मदिरा खाए । यत्तिकैमा घरमा सुत्न जाने कुरा भयो । मदिराले लठ्ठिएका गुरुङ तेरी श्रीमतीसँग गएर सुत्छु’ भनेपछि राजु रिसाए । ‘नातिनी जस्तो मान्छेलाई यस्तो भन्ने हो’ भन्दै राजुले सम्झाउन खोजे । तर, उल्टै सोम बहादुरले राजुलाई २ थप्पड हो ।

    कुटाई खाएपछि राजु सरासर घर गए र झोलामा खुर्पा हालेर गुरुङ भएतिर आए । त्यसपछि उनले गुरुङमाथि खुर्पा प्रहार गरि हत्या गरे ।

    हत्यापछि उनी राती करिब ११ बजे साङकोषको खाल्चेतबाट हिँडेरै जिल्ला प्रहरी कार्यालयमा आए ।

    झोलामा रहेको सोमबहादुरको टाउको देखाएर मैले हत्या गरेँ, मलाई कारबाही गर्नुस् भन्दै प्रहरी समक्ष आत्म समर्पण गरे। जुन घटनाले प्रहरी अधिकारीहरु नै अचम्मित बन्न पुगेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार