Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रहरीलाई ढुंगा हान्ने यूट्युवरलाई अविलम्ब छाड्न माग

    प्रहरीलाई ढुंगा हान्ने यूट्युवरलाई अविलम्ब छाड्न माग

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 5.1K
    SHARES

    काठमाडौं । उपत्याकामा जारी निषेधाज्ञामा रातो मच्छिन्द्रनाथको रथ तान्न जम्मा भएको भिडलाई नियन्त्रण गर्ने क्रममा पत्रकारको भेषमा प्रहरीमाथि नै ढुंगा बर्साएर पक्राउ परेका यूट्युवरलाई रिहाइ गर्न माग गरिएको छ ।

    प्रहरीमाथि जाइलागेका यूट्युवर अमन महर्जनलाई रिहाइ गर्न माग गर्नेमा डेल्टा मल्टिमिडिया प्रोडक्सन प्रालि, नेपाः च्यानलका अध्यक्ष भाइकाजी महर्जन हुन् ।



    अध्यक्ष महर्जनले शनिबार एक विज्ञप्ति जारी गरी डेल्टा मल्टिमिडियामा आवद्ध अमन महर्जनलाई पक्राउ गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै रिहाइको लागि माग गरेका हुन् ।



    विज्ञप्तिमा भनिएको छ–‘डेल्टा मल्टिमिडिया प्रोडक्सन प्रा.लि.बाट प्रबद्र्धित नेपाः च्यानल टेलिभिजनमा आवद्ध सञ्चारकर्मी (क्यामेरा पर्सन) अमन महर्जनलाई भदौ १९ गते शुक्रबार ललितपुरबाट प्रहरीले पक्राउ गरेकोमा यस टेलिभिजनको गम्भिर ध्यानाकर्षण भएको छ ।’

    त्यसो त उक्त विज्ञप्तिमा विहिबार रातो मच्छिन्द्रनाथको रथ जात्राको क्रममा न्यूज रिपोर्टिङ गर्न गएका महर्जनलाई भोलिपल्ट शुक्रबार इमाडोलस्थित आफ्नै निवासबाट नियतबास पक्राउ गरेको देखिएकोले अविलम्ब रिहाइ गर्न पनि माग गरेका छन् ।

    तर, डेल्टा मल्टिमिडियाका अध्यक्षले विज्ञप्ति जारी गर्दा के भुलेको देखिन्छ भने रिपोर्टिङका क्रममा गएका पत्रकार भनिएका अमन महर्जनले प्रहरीमाथि नै ढुंगा प्रहार गरेका थिए । महर्जनले ढुंगा हानेको भिडियो नै छ्यापछ्याप्ती भइसक्दा पनि अझै पत्रकार हो उसलाई कारबाही गरिनु हुन्न निशर्त छाडिनुपर्छ भन्नु कतिको जायज हो ? यो अध्यक्ष भाइकाजी महर्जनले नै बुझ्नु पर्ने कुरा हो ।

    अमन महर्जनलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । महर्जनमाथि अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार