Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • समस्या देखिएपछि लघुवित्तको लाइसेन्स बन्द : गभर्नर अधिकारी

    समस्या देखिएपछि लघुवित्तको लाइसेन्स बन्द : गभर्नर अधिकारी

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त क्षेत्रमा समस्या देखिएकोले लाइसेन्स बन्द गरेर सुधारको बाटोमा अघि बढ्नुपरेको बताएका छन् ।

    ‘लघुवित्तका पिता’ हरिहरदेव पन्तको ५ औं स्मृति दिवसको अवसरका आयोजित भर्चुअल कार्यक्रममा गभर्नर अधिकारीले यसरी लाइसेन्स बन्द गर्नुको पछाडि यो क्षेत्रको सुधार बाहेक अरु कुनै मनशाय नभएको बताएका हुन् ।



    ‘ग्रामीण बैंकिङको विकास गर्दै जाने क्रममा हामीले धेरै नम्बरमा इजाजत दिन पुग्यौं । तर, यसको असर बजारमा राम्रो छैन । यहाँ धेरै समस्या देखिएका छन् ।



    खासगरी मल्टिपल लेन्डिङको यो क्षेत्रमा बढी छ’ अधिकारीले भने, ‘त्यसैले अहिले इजाजत रोकेर रेगुलेटरी र केही व्यवस्थापकीय पक्षमा सुधार गरेका छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार