Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • मेयरको टाउको काट्छु भन्ने शाक्य पक्राउ

    मेयरको टाउको काट्छु भन्ने शाक्य पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको टाउको काट्ने अभिव्यक्ति दिने व्यक्तिलाई पक्राउ गरेकाे छ ।

    राताे मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ढुंगामुढा हान्नसमेत सहभागी बनेका ललितपुरका संजय शाक्यलाई आइतबार साँझ नख्खुबाट पक्राउ गरिएकाे महाशाखाले जनाएकाे छ ।



    गत बिहीबार रथ तान्ने क्रममा भएको झडपकाे विषयमा ललितपुर महानगरका मेयर महर्जनको टाउको काट्ने अभिव्यक्तिसमेत दिएको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । शाक्यले विभिन्न युटुवहरुमा दिएको अन्तर्वार्तामा मेयर महर्जनको टाउको काट्ने अभिव्यक्ति दिएको र त्यसपछि नख्खुमा लुकेर बसेको प्रहरीको भनाइ छ ।



    पक्राउ परेका शाक्यलाई अपराध महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर बुझाएको छ । उनीमाथि अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्ने तयारी भएकइ छ । शाक्यसहित पुल्चोकको घटनाम पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार