Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • थुनामा रहेका व्यक्तिको मृत्यु

    थुनामा रहेका व्यक्तिको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । जिल्ला कारागार अर्घाखाँचीको थुनामा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।

    जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय कैदीे रामप्रसाद पाण्डेको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको कारागारका निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिए ।



    मृतक पाण्डेलाई मुटुको समस्या थियो । शनिबार साँझ उहाँको शरीर एक्कासी सुन्निन थालेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि लगिएको थियो ।

    अस्पतालले स्वास्थ्य अवस्था जटिल रहेको बताएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो । पाण्डेको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार